काठमाडौं - बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो डिभिजनको क्लब रायो भालेकानोलाई २-१ले पाखा लगाउँदै बार्सिलोनाले क्वाटरफाइनलमा पक्का गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा ३ गोल सम्भव भयो । ६३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै घरेलु टोली भालेकानोले सुरुवाती अग्रता लियो । तर त्यो धेरै टिक्न सकेन ।

६९औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसपछि ८०औं मिनेटमा फ्रान्की डि जोङले गोल गरेपछि बार्सिलोनाले २-१ को पुनरागमन जित निकाल्यो ।