काठमाडौं - लियोनल मेस्सीको ऐतिहासिक प्रदर्शनमा अर्जेन्टिनाले अष्ट्रियामाथि २–० को जित निकाल्दै फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

खेलको ३८औँ मिनेट र इन्जुरी समयमा दुई गोल गरेका मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यी दुई गोलसँगै विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ। उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।