काठमाडौं  - कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फेला परेको हो ।

हाल बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ। उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ ।