गत २४ घण्टामा १२ हजार ३३८ संक्रमित थपिए, ४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-०६ ०५:४८ मा प्रकाशित
Total Shares: 225
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १२३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२३३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३२ छ ।

फेसबुक पेज Like गर्नुहोस