सिटी र लिभरपुल बराबरीमा राेकिए
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
इतिहाद स्टेडियममा गएराति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेको हो । सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन ।
खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । उनले केभिन डी ब्रुएनको पासलाई सदुपयोग गरे ।
घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११ औं स्थानमा रहेको छ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस