पोर्नोग्राफी केशमा पक्राउ परेका राज कुन्द्राको कम्पनीविरुद्ध फेरि अर्को मुद्धा
काठमाडौं, एजेन्सी - भारतका व्यापारी तथा अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा हाल न्यायिक हिरासतमा रहेका छन् । उनको समस्या एकपछि अर्को गर्दै बढिरहेका छन् । पोर्नोग्राफी केशमा पक्राउ परेका उनको कम्पनीविरुद्ध नयाँ केश दर्ता भएको छ ।
उक्त केशमा राज कुन्द्राको नाम भने छैन । उनको कम्पनी हटसट्स र गहना विशिष्ट लगायत चार निर्माताविरुद्ध मुद्धा दर्ता गरिएको हो ।
उक्त केश एक अभिनेत्रीले आफुलाई जबरजस्ती एडल्ट कन्टेटमा काम गर्न लगाएको भन्दै दर्ता गराएकी थिइन् ।
उनले क्राइम ब्रान्चलाई सम्पर्क गरेको र उक्त मुद्धा दर्ता गराएको मिडिया रिपोर्टमा उल्लेख छ । उक्त केश मालवानी प्रहरी चौकीमा रिपोर्टमा गराइएको र उक्त केश क्राइम ब्रान्चलाई पठाउने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस