नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त
काठमाडौं - सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त भएका छन्।
बर्खास्त हुनेमा सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन्।
समरी जनरल सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको आरोपमा तीन जनालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो।
अदालतले सह सेनानी लक्ष्मीकान्त खनाल,सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गरेको छ । यस्तै, सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिइएको छ भने महासेनानी राजेन्द्रमणी गिरी र अवकास प्राप्त लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाई दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस