लैनचौरबाट चिनियाँ नागरिकको अपहरण, ६ जना पक्राउ
खबर एक्सप्रेस
२०७९-०४-१९ ०२:०८ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - राजधानीको लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।
बुधबार साँझ एक समूहले चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा लगेर राखेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको बुझिएको छ । लगत्तै खटिएको प्रहरीले अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै ६ जनालाई पक्राउ गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस