काठमाडौं - पूर्वमिस नेपाल शृङ्खला खतिवडा ‘अर्वन प्लानिङ’ अर्थात् सहरी योजना विषयमा स्नातकोत्तर पढ्नका लागि हार्वर्ड विश्वविद्यालयमा छनोट भएकी छन् ।

हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएपछिको खुसी आफूले व्यक्त नै गर्न नसकेको इन्स्टाग्राममा उनले लेखेकी छन् । 

मिस नेपाल वर्ल्ड २०१८ विजेता शृङ्खला आर्किटेक्टकी विद्यार्थी हुन् ।