काठमाडौं,एजेन्सी - ग्यारेथ बेल चम्किँदा टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा शानदार जित हात पारेको छ । आइतबार राति टोटेनहमले  बर्नलीमाथि ४-० को फराकिलो जित दर्ता गरेको हो । 

खेलको दोस्रो मिनेटमा जै बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर पारे । ३१ औं मिनेटमा लुकास मोउराले गोल गरेपछि पहिलो हाफमै टोटेनहम ३०ले अघि बढ्यो । त्यसपछि ५५ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४-० को शानदार जित दिलाए । उनी यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आएका हुन् । 

जितसँगै टोटेनहम २५ खेलमा ३९ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । पराजित बर्नली २८ अंक जोडेर १५ औं स्थानमा छ । 

यस्तै, अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ । जितसँगै आर्सनल २६ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित लेस्टर ४९ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । चेल्सी र म्यानचेस्टर युनाइटेडले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सी २६ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ५० अंक छ ।