काठमाडौं - जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विकको आइसोलेसन वार्डमै मृत्यु भएपछि कोरोनाको आशंकामा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको थियो।

एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।