काठमाडौं - केहीबेरमा बस्न लागेको प्रतिनिधिसभा बैठक अगाडी बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नछाड्ने, प्रमुख र अरु प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकार नछाड्ने बताउँदै वर्तमान परिस्थिती नियालिरहेको र त्यसको विश्लेषण गरेर अघि बढ्ने बताएका हुन् । स्थायी कमिटी बैठकले पार्टीको अहिलेको स्थितीको यथार्थलाई अगाडी राखेर अबको संगठन निर्माणको योजनालाई ठोस दिशामा अघि बढाउनको लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ ।

श्रेष्ठका अनुसार नेताहरु गिरीराजमणि पोखरेल, पम्फा भुषाल, जनार्दन शर्मा, वर्षमान पुन रहेको ४ सदस्यीय कार्यदल बनाइएको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले थपे, ‘विभिन्न पार्टीका नेताहरूसँग आज पनि वार्ता गर्ने तयारीबारे बैठकमा कुराकानी भएको छ । यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक चैत १ गते र प्रशिक्षणात्मक बैठक २ गते गर्ने निर्णय पनि भएको छ ।’