काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले अपराजित यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा सिटीले वेष्टहमलाई २-१ले पराजित गरेको हो । 

खेलको ३०औं मिनेटमा रुवेन डियासको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ४३औं मिनेटमा मिचेल एन्टेनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, ६८ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

जितसँगै सिटीले अपराजित यात्रालाई २७ खेलसम्म लम्ब्याएको छ । जसमा २३ जित र ४ बराबरीको नजिता निकालेको छ प्रिमियर लिगमा भने सिटीको यो लगातार १४औं जित हो ।

सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ । सिटीको २६ खेलबाट ६२ अंक पुगेको छ । पराजित वेष्टहम ४५ अंकसहित चौथो स्थानमा छ ।