काठमाडौं - राष्ट्रियसभामा गठबन्धनसँग प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ सीट मागेको छ ।

एमालेले राष्ट्रियसभाको माघ १९ गते हुने निर्वाचनमा ६ सिट मागेको हो।

बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ गरेका छन्।

आज गठबन्धनको निष्कर्षविना टुंगिएको छ । आज बसेको कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने सहमति बने एमालेलाई सीट दिन सकिने गठबन्धनको शर्त छ ।

तर गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको बताएका थिए ।

एमालेलाई समेटेर जाने कुरामा कांग्रेस र माओवादी सकारात्मक देखिएपनि एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ । यद्यपि आज साँझ कांग्रेस, माओवादी र एमालेबिच राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बस्दै छ ।