काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ४०७ र एन्टिजेन विधिबाट  १ हजार ४०७ जनामा परिक्षण गर्दा ४४० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १५ हजार ७५९ र एन्टिजेनबाट ९४ हजार ९७९ जना पुगेको छ ।  

यस्तै, आज थप ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ७८० जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६  जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४६० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ ।