काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाईट राइडर्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा दिउँसो ३:४५ बजे हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीलाई चौथो स्थानमा रहेको कोलकत्ताले चुनौती दिन लागेको हो । आजको खेलमा जित निकाल्दै दिल्ली शिर्षस्थानमा उक्लिदैँ प्ले अफमा स्थान बनाउने दाउमा छ । यता, कोलकत्ता पनि प्ले अफमा स्थान बनाउन प्रयासरत छ ।

दिल्ली श्रेयस लेयरको कप्तानीमा ऋषभ पन्त, पृथ्वी श, शेखर धवन, मार्कुस स्टोनिस, कागिसो रवडालगायतका खेलाडीको साथमा उत्कृष्ट लयमा छ ।

कोलकत्तामा भने दिनेश कार्तिक, आन्द्रे रसेल, शुभमान गिल, प्याट क्युमिन्स, सुनिल नारिने लगायतका खेलाडी छन् ।

हेड टु हेडका आँकंडा हेर्दा कोलकत्ता बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २५ खेलमा कोलकत्ता १३ मा र दिल्लीमा ११ विजयी भएको छ । एक खेल नजिताविहिन छ ।

पछिल्लो खेलमा दिल्लीले कोलकत्तालाई १८ रनले हराएको थियो । आजै हुने अर्को खेलमा किंग्स ११ पञ्जाब र सनराइजर्स हैदरावाद खेल्दैछन् । खेल नेपाली समयानुसार ७:४५ बजे दुबई अन्तराष्ट्रिय मैदानमा हुनेछ ।