युभेन्टस र मिलानबीचको खेल स्थगित
खबर एक्सप्रेस
२०७६-११-२१ ११:०० मा प्रकाशित
Total Shares: 295
काठमाडौं - कोरोना भाइरसको कारण इटालियन लिग 'सिरि ए' लाई समेत प्रभावित बनाएको छ ।
इटाली सरकारले कोरोनालाई मध्यनजर गर्दै युभेन्टस र एसी मिलानबीचको खेल स्थगित गरेको हो ।
युभेन्टस र एसी मिलानबीच बुधबार तुरिनमा हुने भनिएको इटालियन कपको सेमिफाइनल अन्तरगतको दोश्रो लेगको खेल सम्भावित कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै स्थगित गरिएको छ ।
युरोपमा कोरोनाभाइरसका कारण इटाली सबैभन्दा बढी प्रभावित बनेको छ। योसँगै त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या ७९ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस