काडमाडौं - तनहुँको एक दम्पतीले चितुवासँग लडेर  छोरालाई बचाउन सफल भएका छन् ।  बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् । 

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार  साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई   चितुवाले आक्रमण गरेको थियो ।   

साथमै रहेको छोरालाई  चितुवाले आक्रमण  गरेपछि  बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो  । चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समाते पछि दुवै जना चितु्वामाथि जाइलागेको  बताए  । 

चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने  चितुवासँग भिड्दा बाबा र  आमालाई सामान्य चोट लागेको   डिभिजन वन कार्यालयले  जनाएको छ । 

गोरखापत्र दैनिकबाट