जर्मन क्लबसँग बराबरीमा रोकियो रियल
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।
मुन्छेनग्लाडबाखको मैदानमा दुई गोलले पछि परेको रियलले पुनरागमन गर्दै बराबरी खेलेको हो ।खेलको ३३ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मुन्छेनग्लाडबाखलाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा थुरामले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
तर, खेलको ८७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई २-१ स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए ।
यो बराबरीसँगै रियलले समूह चरणमा पहिलो अंक जोडेको छ । यस अघिको खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेक्ट्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
समूह 'बी' को रियलले २ खेलमा १ अंक जोडेको छ । रियल समूहको पुछारमा रहेको छ । मुन्छेनग्लाडबाख २ खेलमा २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस