काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । 

चोटका कारण शिर्ष खेलाडीहरु नहुँदा रियलले पाएको मौका पनि गुमाउन पुग्यो । गेटाफेविरुद्ध रियलले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो । बराबरीसँगै रियललाई उपाधि होडमा धक्का लागेको छ ।

दोस्रो स्थानमा रहेको रियलले ३१ खेलमा ६७ अंक जोडेको छ । रियल शीर्षस्थानको शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग ३ अंकले पछि परेको छ । एट्लेटिकोले आइतबार राति नै भएको खेलमा एइवरमाथि ५–० को जित निकाल्दै उपाधि यात्रालाई थप बलियो बनाएको छ ।