काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपन गर्न निर्वाचन आयोगले सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउदै छ । 

निर्वाचन आयोगले  विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो । 

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

जसपाको कार्यकारिणी समितिमा यादव बहुमत रहेको बुझिएको छ ।

यादवपक्षमा ३२ कार्यकारिणी सदस्य रहेको यादवपक्षका एक नेताले बताए । उनीहरु उक्त सदस्यसंख्या सहित ललितपुरको एक रिसोर्टमा बसिरहेको बताइन्छ ।