काठमाडौं,एजेन्सी - बलिउड अभिनेता अमिताभ बच्चन अभिनीत चलचित्र ‘झुण्ड’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

अभिनेता अमिताभले सामाजिक सञ्जालमा एक पोस्टर सेयर गर्दै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । जसमा चलचित्रको प्रदर्शन मिति ४ मार्च २०२२ उल्लेख गरिएको छ ।

नागराज पोपटराव मन्जुले निर्देशन गरेको यस चलचित्रमा अमिताभ स्मल सकरका संस्थापक विजय बरसेको भूमिकामा देखिएका छन् । बरसे बस्तीका बालबच्चालाई फुटबल खेलप्रति रुचि जगाउँदै टोली बनाउन प्रेरित गर्दछन् । साथै उनीहरुलाई जीवनको उद्देश्यबारे उपदेश दिन्छन् ।