काठमाडौं,उदयपुर - जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेकाे छ ।  जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार  यसका लागि प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएकाे छ ।

अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।' 

नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जाँदा समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अनुरोध गरेका छन् । उनका अनुसार हामीलाई प्राप्त जानकारीअनुसार ई-पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिन भित्र बनेर आउँछ ।