काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) मा एकैदिन २२ नेपाली महिला कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अनुसार सारहजास्थित सफाई कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्। जसमा २२ जना नेपाली महिला छन् ।

उक्त कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।

अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ । २७ जना निको भएका छन्।