काठमाडौं - काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले जानकारी दिए ।