सिटी एक्स्प्रेसका कर्मचारीको कोरोना बीमा
खबर एक्सप्रेस
२०७७-०२-११ ०३:२१ मा प्रकाशित
Total Shares: 872
काठमाडौं - एक्स्प्रेस मनी ट्रान्सफरले हाल कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड–१९ सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका छन्। त्यसैलाई ध्यानमा राखेर सिटी एक्स्प्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको बताएको छ।
लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन्। तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विपे्रषण सेवा प्रदान गरिरहेको कम्पनीको भनाइ छ।
फेसबुक पेज Like गर्नुहोस