प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्, त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।
त्यसक्रममा ओलीले ३० मिनेट स्पेनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको छ ।
फेसबुक पेज Like गर्नुहोस