कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-०१ ०४:३१ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस