समझदारी बन्यो भने एमालेसँग सहकार्य हुनसक्छ : प्रकाशशरण महत
खबर एक्सप्रेस
२०८१-०३-१८ ०७:१२ मा प्रकाशित
Total Shares: 105
काठमाडौं-नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एजेण्डामा सहमति भए एमालेसँग सहकार्य हुनसक्ने बताएका छन्।
प्रतिनिधिसभाबाट बाहिरिने क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा कांग्रेस-एमालेको सहकार्य हुन सक्ने बताए।
प्रवक्ता महतले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर कांग्रेस-एमालेबीचको गठबन्धन बन्ने सक्ने बताए।
यसबारे नेताहरुबीच कुराकानी हुनुलाई अस्वभाविकरुपमा लिन नहुने प्रवक्ता महतको भनाई छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस