तीनवटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं - संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् ।
बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारबाही सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसद सदस्यसँग छलफल हुनेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरुबाट प्रस्तुतिकरण र छलफल हुने कार्यसूची रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस