काठमाडौं - ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको सद्भावनादूतमा शृङ्खला खतिवडा नियुक्त भएकी छन् ।

वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाला, बोर्ड निर्देशक मनोज अग्रवालको पनि उपस्थिति थियो ।