काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पहिलो पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा बसेको छ । 

सोमबार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको हो । बैठकले पार्टीको केन्द्रीय कमिटिमा ४ जना सदस्यहरु थप गरेको छ । पार्टीको विधानमा उल्लेख भएअनुसार पार्टी एकीकरणमा सामेल हुनेमध्येबाट १० प्रतिशतसम्म केन्द्रीय सदस्य थप गर्न पाउने व्यवस्था अनुसार सदस्यहरु थप गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले पार्टीका नेता तथा कार्यर्ताको विषयमा सार्वजनिक टिप्पणी नगर्न पनि निर्देश्न दिएको छ । केही व्यक्तिगत असन्तुष्टिहरु भएमा पार्टीभित्र उठाएर छलफल गर्न सकिने तर सार्वजनिक रुपमा प्रस्तुत भएमा स्पष्टिकरण सोधेर आवश्यक कारवाही समेत गर्न सकिने श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुार जनवर्गिय संगठन तथा विभागहरुमा इञ्चार्ज र सहइञ्जार्ज थपघट गरिएको छ । राष्ट्रिय सुरक्षा विभागमा भानुभक्त ढकाल प्रमुख र रामकुमार राईलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । राई यो भन्दा पहिले खोटाङ जिल्लाको सहइञ्चार्ज थिए ।

त्यसैगरि विदेश मामला विभागको उपप्रमुखमा विष्णु रिजाल, नीति अनुसन्धान प्रतिष्ठानमा सहसंयोजक प्रमेश हमाललाई जिम्मेवारी दिलइएको छ । हमाल यो भन्दा पहिले ललितपुरको सहइञ्चार्ज रहेका श्रेष्ठका अनुसार प्रादेशिक मामला विभागमा उपप्रमुखमा डोरमणी पौडेललाई राखिएको छ । सहकारी तथा गरिबी निवारण विभागमाको उपप्रमुखमा धर्मलत्त देवकोटालाई हटाएर कमल चौलागाई राखिएको छ । 

सचिवालय बैठकले सम्पर्क कमिटिहरुमा पनि जिम्मेवारी तोकेको छ । जसअनुसार कर्णाली प्रदेश सम्पर्क कमिटिमा सत्या पहाडीलाई संयोजकको जिम्मेवारी दिइएको छ भने सुदूरपश्चिम प्रदेशको सम्पर्क कमिटिमा विरमान चौधरीलाई जिम्मेवारी दिइएको छ । उनी यो भन्दा पहिले कैलालीको सहइञ्चार्ज थिए ।

यसैगरि अखिल नेपाल महिला संघ सहइञ्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ । आदीवासी जनजाती महासंघ नेपाल सम्बद्ध संगठनहरुको सहइञ्चर्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई जिम्मेवारी दिइएको छ । नेपाल दलित मुक्ति सम्बद्ध संगठनहरुको सहइञ्चार्जमा तिलक परियार र ओमलाल विश्वकर्मा, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनमा सहइञ्चार्जमा महेश्वर दाहाललाई थप गरिएको छ । जन सांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुमा इञ्चार्ज केदार न्यौपाने सहइञ्चावर्ज खगेन्द्र राई, खेलकुद महासंघ नेपाल सहइञ्चार्जमा जिवन घिमिरे र अजम्बर काङवाङ, प्रोग्रेसिब इञ्जिनियरिङ एशोसिएन नेपालको सह इञ्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्कीलाई थप गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले विभिन्न जिल्लाहरुमा पनि इञ्चार्ज तथा सह इञ्चार्जको थप गरेको छ । ताप्लेजुङको सह इञ्चार्जमा तिल कुमार म्याङमोङ, सुनसरीमा भगवती चौधरी, सिरहा प्रमोद नारायण यादव लायृ थप गरिएको छ ।

पर्सामा इञ्चार्ज रामचन्द शाह तेलीलाई तोकिएको छ । कास्की सहइञ्चार्ज चुडामणी जंगलीलाई तोकिएको छ । उनी यसअघि गोरखाको सहइञ्चार्ज थिए । कैलालीमा दीपक देवकोटालाई सहइञ्चार्ज तोकिएको छ 

बैठकले सिंगापुरमा उपचाररत प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।