एन्डोराको पोष्टमा पोर्चुगलको गोल वर्षा
काठमाडौं,एजेन्सी - पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एन्डोराको पोस्टमा आधा दर्जन गोल गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा २–० को अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा भने गोलको बर्षा गरेको थियो । दोस्रो हाफमा पोर्चुगलले एक गोल मात्मघाती उपहार पाउँदा थप चार गोल गरेको थियो ।
खेलको आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । त्यस्तै २९ औं मिनेटमा पाउलिन्होले गोल गर्दै पहिलो हाफमा एन्डोराविरुद्ध २–० को अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा रेनाटो सान्चेजले गोल गरे ।
६१ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए । पाँचौ गोल भने आत्मघाती उपहार पाएको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोले एक गोल र एक असिस्ट गरेका थिए । उनले ८५ औं मिनेटमा गोल गरेका थिए ।
अर्का स्ट्राइकर जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७–० को फराकिलो जित दिलाए । नेसन्स लिगको तयारीमा रहेको पोर्चुगलले तयारी स्वरुप एन्डोरासँग मैत्रीपूर्ण खेल खेलेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस