सांग्रिला बैंकको ५ प्रतिशत लाभांश
खबर एक्सप्रेस
२०७७-१२-२५ ०९:०३ मा प्रकाशित
Total Shares: 450
काठमाडौं - साग्रिाल डेभलपमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित ५ दशमलब २६ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश पारित गरेको हो ।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त सभाले पारित गरेको सो लाभांशमा ५ प्रतिशत बोनस सेयर र शुन्य दशमलव २६ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ । बैंकले देशभर ९५ शाखा कार्यालय र ३१ एटीएमबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको पनि बैकले जनँएको छ ।
फेसबुक पेज Like गर्नुहोस