काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी
खबर एक्सप्रेस
२०८१-१२-२२ ०८:४१ मा प्रकाशित
Total Shares: 151
कपिलवस्तु -- कपिलवस्तुको यशोधरा गाउँपालिका-४ पोखरभिटवास्थित काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी भएको छ।
स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगोले २५ कृषकको गहुँबाली नोक्सानी भएको हो। कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगले आगलागी नियन्त्रणमा आएको बीओपी डंगरीका सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाले बताए।
आगलागीबाट १८ घर धुरीको गहुँ खेतमा करिब ९ लाख ४२ हजार ५ सय रुपैयाँको गहुँबाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण भने यकिन हुन सकेको छैन।

.gif)



फेसबुक पेज Like गर्नुहोस