काठमाडौं - युएईमा जारी १३ औं संस्करणको आईपीएलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगशालामा साँझ ७:४५ बजे हुनेछ ।

जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरिरहेको दिल्लीलाई चेन्नईले चुनौती दिन लागेको हो । गत सिजनको उपविजेतासमेत रहेको चेन्नईले यस सिजन उल्लेखनिय प्रदर्शन गर्न सकिरहेको छैन ।

आजको खेलमा दिल्लीले जितेमा पुन: शिर्षस्थानमा उक्लने छ । चेन्नई भने बदला लिने तयारीमा रहेको छ । जारी सिजनमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो । जुन खेलमा बलर हावी भएका थिए ।

दिल्ली श्रेयस लेयरको कप्तानीमा ऋषभ पन्त, पृथ्वी श, शेखर धवन, मार्कुस स्टोनिस, कागिसो रवडालगायतका खेलाडीको साथमा उत्कृष्ट लयमा छ ।

चेन्नई भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा फाप्प डु प्लेसिस, सेन वाटसन, साम कुरनलगायतको खेलाडीको साथ मैदानमा उत्रिदैँछ ।

'हेड टु हेड'को आंकडा हेर्दा चेन्नई दिल्लीमाथि हावी देखिन्छ । यी दुई टोलीबीच खेलिएका २२ खेलमध्ये चेन्नई १५ र दिल्ली ७ मा विजयी भएका छन् ।