काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, आज थप १४२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

No photo description available.