मंसिर २ गतेबाट खुलामञ्चमा निःशुल्क खाना बन्द हुने
खबर एक्सप्रेस
२०७७-०७-२१ ०४:०१ मा प्रकाशित
Total Shares: 317
काठमाडौं - मंसिर २ गतेबाट खुलामञ्चमा निःशुल्क खाना बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच शुक्रबार सहमति भएसँगै मंसिर २ गतेबाट खाना नखुवाउने सहमति भएको हो ।
खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भन्दै दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौता अनुसार त्यसपछि निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय हुनेछ ।
अब खाना खुवाउने ठाउँ बन्दस्थल हुने र काठमाडौँ महानगरपालिकाले पनि सहयोग र समन्वयमा निःशुल्क खाना खुवाउने सहमति भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस