काठमाडौं - विद्युत विकास बिभागमा महानिर्देशक बन्नको लागी करोडौंको चलखेल शुरु भएको छ । यस अघि दुई पटक महानिर्देशक बनिसकेका नवीन सिंह तेस्रो पटक महानिर्देशक बन्ने खेलमा लागेका छन् ।
सिंह नेपाली काङ्ग्रेस निकटका व्यक्ति भएपनि यसअघि माओबादी केन्द्रका नेता बर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुदा विद्युत विकास बिभागको महानिर्देशकमा नियुक्ति गरेका थिए भने अहिलेका मन्त्री शक्ति बहादुर बस्नेत समेत उनै दुइ पटक महानिर्देशक भैसकेका उल्लेखनीय केहि काम गर्न नसकेका सिंहलाई नै महानिर्देशक बनाउन लागेको मन्त्रालय स्रोतको भनाइ छ । सिंहलाई बिभागको महानिर्देशक बनाउनकै लागी कोशी प्रदेशबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ल्याइएको स्रोतको भनाइ छ ।
दुई पटक बिभागको नेतृत्व गरिसकेको विवादास्पद छबिका व्यक्ति फेरि पनि महानिर्देशक बनाउनु भनेको ठुलै आर्थिक चलखेल र सेटिङबाट मात्र सम्भव हुने मन्त्रालय उच्च स्रोतको भनाइ छ । मन्त्रीले गलत व्यक्तिलाई पटक पटक बिभागको महानिर्देशकको जिम्मेवारी दिनु भनेको मन्त्रालयमा भएका योग्य र स्वच्छ छवि भएका इमान्दार कर्मचारीहरुलाई ठूलो अन्याय गर्नु हो । बिभागमा नेतृत्व गर्न सक्ने विगतमा कुनै विवादमा नपरेका स्वच्छ छविका सहसचिवहरु मन्त्रालयमा हुँदाहुँदै व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा परी मन्त्रीले त्यस्तो गल्ति गर्न नहुने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका पदाधिकारीहरुको भनाइ रहेको छ ।
आर्थिक विकास , सुशासन र समृद्धि केन्द्रित भएको प्रतिबद्ध जनाउने प्रधानमन्त्री प्रचण्डको बिश्वास पात्र मानिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा नपरी उर्जा क्षेत्रको विकासमा केन्द्रित होलान् ? वा ऊर्जा क्षेत्रको विकासमा केही राम्रो काम गरौं भन्ने उत्सुकता भएको राष्ट्र सेवक कर्मचारीलाई महानिर्देशकको जिम्मेवारी देलान् हेर्न बाँकी छ ।

.gif)



