कोरोना बीमाको दाबी भुक्तानी गर्ने पहिलो कम्पनी बन्यो नेको इन्स्योरेन्स
काठमाडौं - कारोना भाइरस कोभिड १९ को दाबी भुक्तानी गर्नेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो बीमा कम्पनी बनेको छ ।
कृषि विकास बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएपछि नेको इन्स्योरेन्सले एक लाख रुपैया भुक्तानी गरेको छ ।
शुक्रबार एक अनौपचारिक कार्यक्रमकाबीच नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र नेपाल बीमक संघको अध्यक्ष दिप प्रकाश पाण्डेले कृषि विकास बैंकका नायव महाप्रबन्धक दिर्घ बहादुर अर्याललाई एक लाखको चेक हस्तान्तरण गरेका छन् ।
नेको इन्स्योरेन्सले समयमै दाबी भुक्तानी गरेर अन्य कम्पनीको तुलनामा नेको इन्स्योरेन्स अब्बल सावित भएको छ ।यसले आम जनतामा बीमा प्रतिको विश्वासलाई समेत बढाएको छ ।
नेको इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा अलि फरक ढंगले संचालन भएको छ ।प्रक्रिया पुर्याएर आउनेलाई नेको इन्स्योरेन्सले दाबी भुक्तानीमा सधै सहज रुपमा सेवा दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस