काठमाडौं - रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल रियलमा नै रहने बताएका छन् ।

३० बर्षिया फरवार्ड बेल शनिबार एट्लेटिको मड्रिडबिरुद्ध खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन् ।

टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरिजसंग बेलको सरुवाको बिषयमा छलफल गरेका थिए ।

'म उनी जाने सम्भावनाको बिषयमा बिचार गर्न सक्दिन, उनी हामीसंग छन् ' उनले भने 'मैले उनको गणना गरिरहेको छु, हामी सबै खेल्नका लागि यहाँ छौ , उनी समेत तयार छन् ।'