सुनको भाउ ६०० रुपैयाँले घट्याे
खबर एक्सप्रेस
२०७९-१२-१२ १२:०३ मा प्रकाशित
Total Shares: 93
काठमाडौं - नेपाली बजारमा आइतबार सुनको ६०० मूल्य घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस