एमाले गठबन्धन सरकार बदल्ने खेलमा छैन : केपी ओली
खबर एक्सप्रेस
२०८०-११-१६ १२:३० मा प्रकाशित
Total Shares: 136
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बदल्ने खेलमा एमाले नरहेको बताएका छन्।विराटनगर विमानस्थलमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।अध्यक्ष ओलीले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए।
उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए ।अध्यक्ष ओलीले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन।’उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए ।उनले कांग्रेस अहिले प्रतिगामी सोचका साथ अगाडि बढेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस