रुकुम पश्चिम पुगे प्रधानमन्त्री प्रचण्ड
खबर एक्सप्रेस
२०८०-०७-०९ ०२:५२ मा प्रकाशित
Total Shares: 118
रुकुम पश्चिम - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिममा आइपुगेका छन्। जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उनी रुकुम पुगेका हुन्।
रुकुम पुगे लगत्तै प्रचण्ड 'जनतासँग माओवादी विशेष रूपान्तरण' अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए ।
साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस