अब बालुवाटारमा पार्टी बैठक बस्दैन : गगन
खबर एक्सप्रेस
२०७८-०४-०४ ०९:५३ मा प्रकाशित
Total Shares: 429
काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नबस्ने बताएका छन् ।
उनले पार्टी कार्यालयमा केही नेता धर्नामा बसेकोले केही बैठक बालुवाटारमा बसेको र अब नबस्ने बताएका हुन् । उनले यस विषयमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पनि सहमत भएको बताए ।
देउवा प्रधानमन्त्री बनेपछि बालुवाटारमा पार्टीका केही बैठक बसेको थियो । त्यसपछि नागरिक समाजले बालुवाटारमा पार्टीका कुनै बैठक नराख्न आग्रह गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस