एजेन्सी - प्रिमियर लिग फुटबलमा टोटेनहमले विजयी सुरुवात गरेको छ ।

आइतबार साँझ सेन्ट मार्री स्टेडियममा भएको खेलमा साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले यस सिजनमा पहिलो जित निकालेको हो ।टोटनहमको जितमा ह्युङ मिन सनले चार र ह्यारी केनले एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले दुई गोल गरे ।

खेलमा ड्यानी इन्ग्सले ३० औँ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयको अन्तिममा सनले गोल गर्दै टोटनहमलाई बराबरीको स्थितिमा ल्याए । ४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम २-१ ले अघि रह्यो ।

६४ औं मिनेटमा सनले ह्याट्रिक पुरा गरे । यससँगै सन यस सिजनमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने ।

खेलको ७३ औं मिनेटमा सनले चौंथो गोल गर्दै टोटेनहमलाई ४-१ को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा ड्यानीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि साउथह्याम्पटन ५-२ ले पराजित भयो ।