चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता, असार २४ गतेदेखि खोप आपूर्ति हुने
खबर एक्सप्रेस
२०७८-०३-१९ ०८:३७ मा प्रकाशित
Total Shares: 355
काठमाडौं - सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गतेबाट खोप आपूर्ति सुरु भर्इ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति गर्ने गरी सम्झौता गरेको जनाएको छ । तर, खोपको मात्रा र मूल्य भने खुलाइएको छैन ।
सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस