नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक, नेपाल पक्षलाई पनि निम्तो
खबर एक्सप्रेस
२०७८-०१-२८ ०९:४९ मा प्रकाशित
Total Shares: 421
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बेठक बोलाएका छन् ।
सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने एमालेकै माधवकुमार नेपाल पक्षका नेतालाई समेत बोलाइएको स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस