माओवादीले केन्द्रीय कमिटी बैठक स्थगित गरेर बोलायो स्थायी कमिटी बैठक
खबर एक्सप्रेस
२०७८-१०-०७ ०१:३१ मा प्रकाशित
Total Shares: 170
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कोरोनाका कारण माघ ८ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।
बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै, स्थायी कमिटी बैठक माघ ८ का लागि बोलाइएको छ। स्वास्थ्य मापदण्ड पालना गरी माघ ८ गते बिहान ८:३० बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने एक नेताले जानकारी दिए । बैठकमा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूलाई बोलाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस