काठमाडौं - नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

खेलमा नेपालले केही राम्रा अवसर बनाएको भए पनि गोल गर्न सकेन । बंगलादेशका केही प्रहारलाई नेपालले रोकेको थियो । 

यसअघि किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको बंगलादेश नेपाल र किर्गिस्तानले बराबरी खेलेपछि फाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेश किर्गिस्तानको आत्मघाती गोलसँगै १–० ले विजयी भएको थियो।

किर्गिस टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको हो । फाइनलमा नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।